२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अभिनेत्री जयाको पहिलो फिल्मको पारिश्रमिक १० रुपैयाँ

अभिनेत्री जयाको पहिलो फिल्मको पारिश्रमिक १० रुपैयाँ

1.7K
Shares

नयाँदिल्ली– वलिउड अभिनेत्री जया प्रदा विद्यालयको वार्षिक उत्सव कार्यक्रममा आयोजित नृत्य प्रतियोगिताबाट उनी अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन् । उक्त कार्यक्रममा सहभागी एक निर्देशकले उनलाई पछि तेलुगू फिल्ममा नृत्यका लागि प्रस्ताव गरेका थिए । जया प्रदाले तेलुगू फिल्म ‘भूमिकोसम’ मा तीन मिनेटको एकल नृत्य गरेकी थिइन् ।

उक्त फिल्मको लागि उनले १० रुपैयाँ पारिश्रमिक पाएकी थिइन् । पछिल्लो समय उनी अभिनयसँगै राजनीतिक क्षेत्रमा पनि छन् । सन् १९९४ मा तेलुगू देशम पार्टीमा आबद्ध भएकी उनी १९९६ मा आन्द्र प्रदेशको प्रतिनिधित्व गर्दै राज्य सभामा मनोनित भएकी थिइन् । त्यसपछि समाजवादी पार्टीमा आवद्ध भएकी उनी सात भाषाका करिब ३०० फिल्ममा काम गरिसेककी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij