२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संस्थापक उपेन्द्र महतोले सानिमा बैंक छाडे

संस्थापक उपेन्द्र महतोले सानिमा बैंक छाडे

2.7K
Shares

काठमाडौं– सानिमा बैंकका संस्थापक लगानीकर्ता उपेन्द्र महतोको समूहले बैंकको स्वामित्व छाडेको छ। गैह्रआवासीय नेपालीद्वारा संचालित बैंकबाट महतोको समूहले सम्पूर्ण सेयर बिक्री गरेको हो।

बैंकमा उनका भाइ डा. वीरेन्द्र महतोको नाममा सेयर रहेको थियो। वीरेन्द्र माछापुच्छ्रे बैंकका अध्यक्ष समेत हुन्।

महतोको नाममा सानिमाको कुल २७ लाख ७८ हजार ५३५ कित्ता संस्थापक सेयर थियो। उनको सबै सेयर संचय कोषले खरिद गरेको हो।

बिहीबार १८ लाख ५ हजार कित्ता सेयर कोषका नाममा गएको छ भने बाँकी सेयर आइतबार नामसारी हुनेछ। ब्रोकर नम्वर ५० मार्फत सो परिमाणको सेयर बिक्री भएको छ भने ब्रोकर नम्वर ३३ मार्फत खरिद भएको छ।

बिहीबार नामसारी भएको सेयरको मूल्य ३२ करोड ५० लाख रुपैयाँ हुन आउँछ। सम्पूर्ण सेयरको मूल्य ५० करोडभन्दा बढी हुन आउँछ।

चैत ७ गते लिलामी बोलकबोलका माध्यमबाट उनको सेयर बिक्रीका लागि आह्वान गरिएको थियो। चैत २५ गते नै संचयकोषले सेयर खरिद गरेको हो।
न्यूनतम मूल्य १८० रुपैयाँ तथा न्यूनतम २ लाख कित्ता तोकेर बोलकबोल बिक्रीका लागि आह्वान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij