२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अशोक लेलैण्डको २० लाख ४० हजार पर्ने दोस्त प्लस सफ्ट लन्च

अशोक लेलैण्डको २० लाख ४० हजार पर्ने दोस्त प्लस सफ्ट लन्च

4.2K
Shares

काठमाडौं– आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले दोस्त प्लसको सफ्ट लन्च गरेको छ । विशेष गरी नेपालको लागि भारवहन १.५ टन क्षमता रहेको दोस्त प्लस एक औपचारीक कार्यक्रम मार्फत लन्च भएको हो ।
सफ्ट लन्चसँगै आइएमई मोटर्सले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ समेत गराएको छ । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५” को टायर, अगाडी ३ र पछाडी ६ स्प्रिङ पत्ता रहेको छ । दोस्त प्लस मोडलको अहिले बजार मूल्य २० लाख ४० हजार रुपैंया रहेको छ ।

दोस्त प्लस गाडीका प्रोडक्ट ईन्चार्ज प्रभात विक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गर्दै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देस्यले क्यासलेस बीमा पोलिसी सुविधा पनि ल्याएको बताए ।

अशोक लेलैण्डले अघिल्लो उत्पादन दोस्त स्ट्रङको सफलताबाट उत्साहित हुँदै उक्त गाडीभन्दा धेरै गुणा राम्रो पर्फमेन्स भएको दोस्त प्लस गाडी बजारमा ल्याएको आइएमई मोटर्सका सेल्स हेड सुशील थापाले जानकारी दिए । उनले अशोक लेलैण्डमा गरेका लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहन प्रतिबद्घता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij