२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतबाट २३ महिलाको उद्दार

भारतबाट २३ महिलाको उद्दार

1.6K
Shares

भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ ।
भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा आज काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिए ।
उद्दार गरिएका महिला २० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरु झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौँलगायत जिल्लाका रहेका छन् ।
मन्त्रालयका कर्मचारी नेतृत्वको टोली तथा मानव बेचबिखन र अनुसन्धान ब्यूरोले उक्त घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij