२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंकद्वारा नवजीवन परोपकार समाजलाई आर्थिक सहयोग

सनराइज बैंकद्वारा नवजीवन परोपकार समाजलाई आर्थिक सहयोग

2.1K
Shares

काठमाडौँ -सनराइज बैंकले सडक तथा असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैर सरकारी संस्था नवजीवन परोपकार समाजलाई सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सडकपेटीमा अलपत्र परेका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालहरुमा रहेका बेवारिसे अवस्थाका बिरामीहरुका लागि मनमैजु खुलाटार, तारकेश्वर नगरपालिका वडा नं. ७ काठमाडौंमा नवजीवन आदर्श आश्रम निर्माण गर्न यस बैंकले नवजीवन परोपकार समाजलाई सहयोग रकम हस्तान्तरण गरेकोे हो ।

उक्त कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल तथा बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij