एजेन्सी- ७४ वर्षिय दिग्गज अभिनेता मृनाल मुखर्जीको मंगलबार बेलुका सिटी अस्पतालमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।
मुखर्जीलाई क्यान्सरका साथै फोक्सोको समस्यासमेत थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार अस्पताल पुर्याइएको स्रोतले बताएको छ ।
उनका दुई छोरी र एक छोरा छन् । उनकी जेठी छोरी जोजो मुखर्जी हुन् जो गायिका हुन् । अर्की छोरी टिना मुखर्जी मोडल हुन् भने छोरा डेबोप्रियो मुखर्जी नायक हुन् ।
मुखर्जी विगत पाँच दशकदेखि बंगाली फिल्मी क्षेत्रमा कार्यरत छन् । उनका दुई बोन, चुती, श्रीमान् पृथ्वीराज, ब्योमकेश, चिरियाखानालगायतका फिल्म चर्चित छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij