काठमाडौं – गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ अयिभान चलाइएको हो ।
‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनीको सम्पदाको संरक्षण र प्रवद्र्धन गरी आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले भ्रमण वर्ष अभियान ल्याइएको जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij