पोखरा -नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले सरकारको अधिनायकवादलाई रोक्न कांग्रेसले जागरण अभियान लिएर हिडेको बताउनु भएको छ । जागरण अभियानको पोखरामा उद्घाटन गर्दै महामन्त्री खड्काले दुई तिहाईको दम्भमा सबै क्षेत्रमा हस्तक्षेप बढाएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले संसद र संसदीय अभ्यासलाई कमजोर बनाउँन उद्दत भएको आरोप लगाउनु भयो । महामन्त्री खड्कालले कम्युनिस्ट सरकारको आलोचना जनता, बुद्धिजिवी वर्ग र व्यापारी वर्गले समेत बिरोध गरेको बताउनु भयो । अहिलेको अवस्थामा लोकतन्त्र र जनताको मुद्दा बोलि दिने पार्टीका रुपमा कांग्रेसलाई लिने गरेको उहाँको आरोप छ ।
उहाँले कांग्रेसले टीकटा वितरण प्रक्रियमा कमजोरी गरेका कारण पराजयको अवस्था आएको समेत बताउँनु भयो । पार्टीलाई एक ढिक्का बनाउँनका लागि जागरण अभियान महत्वपूर्ण रहेको बताउँनुभयो । अभियानले नेता बलियो होइन कि कार्यकर्ता र पार्टी बलियो हुने गरी काम हुने समेत बताउँनु भयो ।
केन्द्रिय सदस्य अर्जुन जोशिले सरकार संविधान विरोधि गतिविधिमा उद्दत रहेको बताउनुभयो । लोकतन्त्र कम्युनिस्टले होइन कांग्रेसले जोगाउनुपर्ने समेत बताउनु भयो । बिगतमा भएका गल्ति सच्याएर जनतामाझ जानु नै कांग्रेका लागि राम्रो हुने बताउनु भयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij