काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शव्दावली जानीबुझि नै राखेको बताएका छन् ।
आज संघीय संसदमा जवाफ दिदै प्रधानमन्त्रीले मेरो सरकार शव्दप्रति आएका टिप्पणीको जवाफ दिँदै जानेर, बुझेर र अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुसार नै मेरो सरकार भनेर राखिएको स्पष्ट पारे ।
उनले शव्दप्रति गरेको टिप्पणीलाई आलोकाँचो पनको संज्ञा दिँदै त्यसो नगर्न आग्रह गरे । ‘जनताका प्रतिनिधिले राष्ट्रप्रमुखको हैसियतमा मेरो सरकार भन्नु बाञ्छनीय हुन्छ । राष्ट्रपतिले ढुक्कले भन्ने हो मेरो देश, मेरो सरकार, मेरो धर्ती । राष्ट्रपतिले आफू मातहतको सरकारलाई मेरो सरकार भन्दा अल्मलिनु पर्दैन,’ प्रधानमन्त्रीले प्रष्ट पारे ।
साथै उनले राष्ट्रपतिलाई केही अधिकार छैन भनेर गरिएको व्याख्या पनि गलत रहेको बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij