ललितपुर- ग्लोबल आइएमई बैंकले ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टरसुरु गरेको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर खोलेको बैंकले जनाएको छ।
नयाँ एक्सटेन्सन काउन्टरसंगै एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ। बैंकले डोटी जिल्लाको जोरायल गाउँपालिका – १, गैरामा १३२ औँ शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ।
भैंसेपाटी स्थित नेपाल मेडीसिटी अस्पताल र लाजिम्पाट स्थित त्रिशारा मलमा एटिएम सेवा समेत सुरु गरेको छ।
बैंकका १३७ शाखा, १५ राजश्व संकलन काउण्टर, १४४ एटिएम, ११ वटा एक्सटेन्सन काउण्टर तथा १३२ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि,सम्पर्क कार्यालय छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij