२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गर्भपतन मुद्धाका अभियुक्त ७ वर्षपछि पक्राउ

गर्भपतन मुद्धाका अभियुक्त ७ वर्षपछि पक्राउ

1.2K
Shares

भोजपुर – अवैध गर्भपतन मुद्धाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् । २०६९ साल जेठ २५ गते भोजपुर जिल्ला अदालतबाट ३ वर्ष कैद सजाय फैसला सुनाइएका आमचोक गाउँपालिका ३ थिदिंखा घर भइ हाल सुनसरी जिल्लाको रामधुनी नगरपालिका ६ मा बस्दै आएका राजु भनिने ३९ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका राईलाई अदालतको आदेश बमोजिमको कैद भुक्तान हुने गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij