२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टाइट जीन्स लगाउने युवतीहरू सावधान, बाँझोपनदेखी क्यान्सरसम्म हुने खतरा

टाइट जीन्स लगाउने युवतीहरू सावधान, बाँझोपनदेखी क्यान्सरसम्म हुने खतरा

2.9K
Shares

आधुनिक जीवनशैली अपनाएर स्टाइलिश देखिने चक्करमा युवतीहरू नयाँ फेशन ट्रेन्ड अपनाइरहेका हुन्छन् । आजकल टाइट जीन्स लगाउने फेशन खुबै चलेको छ ।

आफ्नो फिगर राम्रो देखिन्छ अनि फेशनेबल भइन्छ भनी टाइट जीन्स लगाउने महिलाहरूले स्वास्थ्यलाई हानि गरिरहेका हुन्छन् । पर्फेक्ट फिगरको चक्करमा क्यान्सर र हृदयघात जस्ता गम्भीर रोग निम्तिरहेका हुन्छन् ।

टाइट जीन्स लगाउँदा गर्भाशय साँघुरिन्छ र बाँझो हुने खतरा बढ्छ । यस्तो जीन्सले पेटलाई निकै थिच्छ र पछि गएर समस्या आउँछ । युटेरसमा संक्रमण हुन्छ र समयमै उपचार नपाइएमा ट्युबमा स्थायी ब्लकेज आउँछ र पछि गएर आमा बन्न समस्या हुन्छ ।

टाइट जीन्स लगाउँदा महिला र पुरुष दुवैमा कम्मर र पिठ्युँसम्बन्धी समस्या पनि निम्तिन्छ । यसले गर्दा मांसपेशीमा जोड पर्छ र नितम्ब स्वतन्त्र रूपमा हल्लिन पाउँदैनन् । अनि मेरुदण्डको हाडमा पीडा हुन थाल्छ । यसैले गर्दा महिलाहरूमा स्लिप डिस्कको पनि समस्या आउँछ ।

टाइट जीन्सका कारण गोडाका नसामा भएका भल्भ कमजोर हुन्छन् अनि नसा फैलिन थाल्छन् जसबाट गाँठो बन्छ । अनि गोडा बाउँडिने समस्या पनि बढ्छ ।

यसले मुटुरोग पनि निम्त्याउँछ । रक्तसञ्चार रोकिने भएकाले मुटुसम्म सही मात्रामा रगत पुग्दैन । अनि मुटुरोगका साथै हृदयघातको सम्भावना बढ्छ ।

स्वास्थ्य अनुसन्धानकर्ताहरूले यस्तो जीन्स लगाउँदा छालाको क्यान्सरको जोखिम निकै बढ्ने बताएका छन् । लामो समयसम्म टाइट जीन्स लगाउँदा पुरुष र महिला दुवैका गोडाका नसामा रगत जम्छ र रक्तसञ्चारको गति पनि घट्छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij