२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अन्त्येष्टि गर्न लाग्दा शिशुले एक्कासि सास फेरेपछि…

अन्त्येष्टि गर्न लाग्दा शिशुले एक्कासि सास फेरेपछि…

6K
Shares

चितवन– एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा शिशु जन्माएकी थिइन् ।
शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जीवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए । त्यसको लगत्तै शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता रेग्मीले बताए ।

शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । युवती अविवाहिता भएकीले उनको नाम र ठेगना गोप्य राखिएको जनाइएको छ । उक्त शिशुको सोमबार अपरान्ह १२ः ३० मा निधन भएको अस्पताल स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij