२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैङ्कको साधारणसभा सम्पन्न

नेपाल बैङ्कको साधारणसभा सम्पन्न

1.3K
Shares

काठमाडौ–नेपाल बैङ्क लिमिटेडको ५९ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रस्तुत गरेको विगत वर्षको कारोवार समीक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रि«य आर्थिक परिवेश, बैकले हाँसिल गरेका उपलव्धि र भावी योजनालगायतका विषय समेटिएको प्रतिवेदन पारित गरेको छ । साधारण सभामा प्रा.डा.मनोहरकृष्ण श्रेष्ठ, हरि ढकाल, रोजकुमार श्रेष्ठ, जयन्द्रमानसिंह वानिया, शिवप्रसाद पौडेल,गुणराज भट्ट,भक्ति प्रसाद उप्रेती ,चन्द्र नारायण श्रेष्ठ,डम्वर वल्लभ जोशी, अमृतनाथ रेग्मी ,उध्दव प्रसाद घिमिरे लगायतका शेयरधनीहरुले डिभिडेण्ड लगायत विभिन्न विषयमा जिज्ञाशा तथा सुझाव दिएका थिए । बैकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारीले बैकले शेयरधनीको पुंजीको ट्रष्टीको रुपमा ईमान्दारीपूर्वक काम गर्दैआएको फलस्वरुप शेयरधनीको लगानी सुरक्षित रहेको बताए । शेयरधनीको पुंजी १० अर्बबाट ३० अर्बमा अभिवृध्दि भएको भन्दै उनले कानुनी प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल हस्तान्तर हुने पनि जानकारी दिए । संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले शेयरधनीहरुले उठाएका जिज्ञाशावारे जवाफ दिने क्रममा यस वर्ष मुनाफाबाट उल्लेखनीय मात्रामा रेगुलेटरी प्रोभिजनिंग समेत गर्नु परेका कारण डिभिडेण्ड वितरण गर्न नसकिएको बताए । आगामी वर्ष वितरणयोग्य मुनाफाबाट नियमानुसार उचित प्रतिफल दिलाउन बैक दृढ संकल्पित रहेको बताए । सशस्त्र प्रहरी वलको हलचोक स्थित सभाकक्षमा बैकका शेयरधनीहरु र नियामक निकायका प्रतिनिधिहरुको सहभागितामा बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीको सहजिकरणमा साधारण सभा सम्पन्न भएको थियो । सो अवसरमा बैक संचालक समितिका सदस्यहरु सर्वश्री हरिशरण पुडासैनी, दीपेन्द्र विक्रम थापा, डा.उमाकान्त सिलवाल, भरत राज वस्ती, गंगा प्रसाद ज्ञवाली, विज्ञ नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मी,सहायक प्रमुख कार्यकारी अधिकृतहरु ,विभागीय प्रमुखहरु , प्रादेशिक कार्यालय प्रमुखहरु लगायतका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij