२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपराध महाशाखामा थापा, काठमाडौं प्रहरी प्रमुखमा सुवेदी

अपराध महाशाखामा थापा, काठमाडौं प्रहरी प्रमुखमा सुवेदी

1.5K
Shares

काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ ।
प्रधान कार्यालयका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् ।
नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिइँदा हालका काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।
त्यस्तै अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij