२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अझै मोदीले दिने भनेको सय करोड जनकपुर आइपुगेन

अझै मोदीले दिने भनेको सय करोड जनकपुर आइपुगेन

1.6K
Shares

जनकपुरधाम — जनकपुरमा गत वर्ष भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने भनेको एक सय करोड अझै जनकपुर आइपुगेको छैन ।
२८ वैशाख २०७५ मा जनकपुर आएका मोदीको स्वागतमा संघीय र प्रदेश सरकारले कुनै कसर बाँकी राखेन । मोदीले पनि जानकी मन्दिरमा पूजापाठ गर्नुका साथै बाह्रबिघामा आयोजित भव्य समारोहलाई सम्बोधन गरे । त्यस क्रममा उनले जनकपुरका लागि सय करोड भारु दिने प्रतिबद्वता जनाएका थिए ।
तर, यो सहयोग जनकपुरले अहिलेसम्म पाएको छैन । मोदीले घोषणा गरेको एक सय करोड भारतीय रुपैयाँ विभिन्न निकायहरुबीच समन्वय नहुँदा अलपत्र परेको छ ।
प्रदेश २ सरकारको कुरा मान्ने हो भने भारतीय पक्ष उक्त रकम दिन तत्पर छ तर, संघीय सरकारले यसबारे कुनै चासो नदिँदा रकम आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij