२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि कलङ्कीमा पनि ‘पिक एण्ड ड्रप’

आजदेखि कलङ्कीमा पनि ‘पिक एण्ड ड्रप’

8.6K
Shares

काठमाडौँ– आजदेखि कलङ्की चोकमा हुने सवारी चाप हटाउन ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको जनाएको छ । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ ।

महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागू गरेको जनाएको छ । ‘पिक एण्ड ड्रप व्यवस्था लागूसँगै कलङ्की क्षेत्रमा हुने सवारी जाम कम हुने विश्वास महाशाखाले लिएको छ । महाशाखाले यसअघि रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij