२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सातै प्रदेशको प्रमुख शहरमा विद्युतीय बस संचालनमा ल्याइने

सातै प्रदेशको प्रमुख शहरमा विद्युतीय बस संचालनमा ल्याइने

1.9K
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष देखि सातै प्रदेशको प्रमुख शहरमा विद्युतीय बस संचालनमा ल्याइने बताएकी छिन्।
संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति भण्डारीले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र समेतको सहभागितामा आगामी आर्थिक वर्ष देखि काठमाडौं उपत्यका लगायत सातै प्रदेशका प्रमुख शहर र आसपासका क्षेत्रमा विद्युती बस सेवा संचालनमा ल्याइने बताएकी हुन्।
बायुमण्डलको स्वस्छता र जनस्वास्थ्यलाई ध्यानमा राखि विद्युतीय सवारी साधनलाई प्रोत्साहित गरिने र विद्युतीय सवारीलाई देशब्यापी बनाउन प्रयाप्त चार्जिङ स्टेसन स्थापना गरिने बताइन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij