काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनमा जिपिएस प्रविधि जडान गरी रियलटाइम अवस्थिति जाँच गर्ने घोषणा गरेको छ। आगामी वर्षको नीति तथा कार्यक्रममार्फत् सहरहरूमा बहुतले बसपार्क बनाउने राष्ट्रपतिले घोषणा गरेकी छन्।
त्यस्तै उनले सबै प्रदेश राजधानीमा सवारी साधनको फिटनेस परीक्षण केन्द्र स्थापना गरी सवारी साधनले आवधिक रूपमा फिटनेस परीक्षण गराउनुपर्ने अनिवार्य व्यवस्था गर्ने नीति सरकारले लिने घोषणा गरिन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij