२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकले ल्यायो जीवन सुरक्षा बचत खाता

सिद्धार्थ बैंकले ल्यायो जीवन सुरक्षा बचत खाता

1.1K
Shares

काठमाडौं – सिद्धार्थ बैंकले जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ। अधिकतम ब्याजदरमा बचत सँगसँगै बीमा सुविधाको पनि ग्राहकहरुलाई फाइदा प्रदान गर्न यो योजना ल्याइएको बैंकले जनाएको छ।

घरबाट अनलाइनमार्फत खोल्न सकिने यस खातामार्फत नेपाल तथा भारतमा गरिने उपचार खर्चमा समेत बीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ।

पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमा योजना, १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा योजना खाता खोल्ने ग्राहकले पाउने छन्। खातावाललाई नेपालभर रहेका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने सुविधा दिइएको छ।

बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटिएम र १,३०० भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij