२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शाहरुख खानले श्रीमतीलाई हनिमुन मनाउन पेरिस लान्छु भनेर दार्जिलिङ लगे

शाहरुख खानले श्रीमतीलाई हनिमुन मनाउन पेरिस लान्छु भनेर दार्जिलिङ लगे

3.9K
Shares

एजेन्सी-बलिउडका किंग शाहरुख खानले पत्नी गौरी खानसँगको वैवाहिक सम्बन्धका बारेमा केही आश्चर्यजनक स्वीकारोक्ति गरेका छन् । उनले पत्नी गौरीलाई हनिमुनका लागि पेरिस लैजाने बाचा गरेर लान नसकेको खुलासा पनि गरेका छन् ।टाइम्स अफ इन्डियाको समाचार अनुसार जतिबेला उनले गौरीसँग विवाह गरेका थिए, त्यसबेला उनको कमाई एकदमै कम थियो । शाहरुखले गौरीलाई हनिमुनका लागि आइफल टावर देखाउन पेरिस लाने बाचा गरेका थिए । तर त्यहासम्म जानका लागि उनीसँग पर्याप्त पैसा थिएन ।त्यसपछि शाहरुखले आफ्नो अवस्था बताएर गौरीलाई सम्झाए । विवाहको २० दिनपछि हनिमुन मनाउन उनले गौरीलाई दार्जिलिङ लिएर गए, जहाँ उनी अभिनित सिनेमा ‘राजु बन गया जेन्टलमेन’ को गीतको सुटिङ थियो । गौरी पनि त्यसबेलासम्म विदेश गएकी थिइनन् र दुनियाँका बारे धेरै जान्दिनथिन् । त्यसैले शाहरुखले उनलाई दार्जिलिङ लिएर गए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij