२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक राज रोकाको ‘तिमीलाई हेर्ने आँखा’ सार्वजनिक

गायक राज रोकाको ‘तिमीलाई हेर्ने आँखा’ सार्वजनिक

3.3K
Shares

काठमाडौ – गायक राज रोकाले आफ्नो नयाँ गीत ‘तिमीलाई हेर्ने आँखा’ को भिडियो सार्वजनीक गरेका छन । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभाव प्रस्तुत गरिएको छ ।
बिगत डेढ दशकदेखि बिभिन्न देशमा सांगीतिक कार्यक्रम आयोजनाका साथै गायन प्रस्तुति दिदै आइरहेका गायक राजको यस गीतको भिडियोको निर्देशन र सम्पादन असिम चित्रकारले गरेका हुन् । भिडियोमा बिपना थापा, सागर खनाल र प्रशेस कार्कीले अभिनय गरेका छन् । गुन्जन स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज राजु इशानले गरेका हुन् । नारायण जिसीले खिचेको भिडियो निर्माणमा ओम स्टुडियोले सघाएको छ । ओएसआर डिजिटलबाट सार्वजनीक भिडियो दर्शकले मन पराउने बिश्वास गायक राजको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij