२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिप्रदी ट्रेडिङ ‘अन्तर्राष्ट्रिय वितरक अवार्ड’बाट सम्मानित

सिप्रदी ट्रेडिङ ‘अन्तर्राष्ट्रिय वितरक अवार्ड’बाट सम्मानित

1.4K
Shares

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रतिष्ठित’बर्षको वितरक’ अवार्ड प्राप्त गरेको छ। कम्पनीले युएईको दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा २०१८ का लागि यो अवर्ड प्राप्त गरेको हो।
सिप्रदीले प्राप्त गरेको यो सफलता कम्पनीको विशिष्ट कार्य प्रदर्शनको पहिचान र मान्यताको प्रतिक भएको कम्पनीको भनाइ छ।

विश्वभरका वितरकहरुको कार्यहरुको मूल्यांकन गरि विशिष्ट कार्य प्रदर्शन गर्न सफल वितरकहरुको उच्च कदर गर्ने उदेश्यका साथ हरेक बर्ष आयोजना हुने उक्त सम्मेलनमा अलग अलग विधाका विभिन्न पुरष्कारको ब्यबस्था गरिएको कम्पनीले जनकम्पनीले जनाएको छ।

यो बर्षको सर्बश्रेष्ठ वितरकको प्रतिष्ठित पुरस्कारका अतिरिक्त सिप्रदीले नयाँ उत्पादनको परिचयका लागि बर्षको वितरक, सर्बश्रेष्ठ ग्राहक सेवा गरि विभिन्न विधाका अन्य दश पुरस्कार प्राप्त गर्ने सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij