२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फक्सवागन गाडीको खरिदमा १० लाखसम्मको छुट १० का साथमा नयाँ अफर

फक्सवागन गाडीको खरिदमा १० लाखसम्मको छुट १० का साथमा नयाँ अफर

1.2K
Shares

काठमाडौँ– फक्सवागनको लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनलले गाडीमा १० लाखसम्मको छुट लगायतको १० नयाँ अफर ल्याएको छ।

नेपालमा व्यापार सुरु गरेको १० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले यो अफर ल्याएको हो।

कम्पनीका अनुसार प्रथम १०० जना ग्राहकहरुलाई २५ लाख ९० हजारमा पोलो कार, जर्मन गाडीहरुमा १० लाख सम्मनगद छुट, तुरुन्त फाईनान्सको सुविधा, निशुल्क एक्सेसेरिज, प्रथम वर्षको लागि फ्रि रोड ट्याक्स, एक्सचेञ्ज बोनस, लो एल्टी बोनस, १०बर्षको फ्रि सर्भिसिङ, २ वर्षको लागि निशुल्क रोड एसिस्टेन्स, चित्त बुझेमा मात्र सर्भिस चार्ज तिरे पुग्ने सुविधा लगायतको अफर ल्याएको हो।

सुरुवाति दिनमा ग्राहकलाई युरोपियन फक्सवागन गाडीको मर्मत खर्च अन्य गाडीको तुलनामा कम रहेको छ भन्ने बुझाउनु निकै कठिन भएको प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेको भनाइ छ।

‘शुरुमा नेपाली बजारमा जापानीज, कोरियन र भारतीय गाडीहरुमा मात्र काम गरिरहेको मेकानिक्सहरुलाई जर्मन गाडी मर्मत गर्न सिकाउन केही समय लागेको उनले स्मरण गरे।हाल नेपालका १० वटा शहरमा फक्सवागन गाडीको सर्भिस सेन्टर रहेका छन्।
फक्सवागनका गाडी खरिद गर्नेले मर्मतमा अरु गाडीको तुलनामा निकै कम खर्च गर्नुपर्ने उनले दावी गरे। ‘नेपाली बजारमा उपलब्ध अन्य गाडीहरु बर्षको ४ पटक सम्म सर्भिस गर्नुपर्नेमा फक्सवागन १ पटक मात्र गर्नुपर्ने, एकपटक खरिद गरेपछी दशकौँ सम्म चल्ने सुरक्षित जर्मन प्रविधि युक्त तथा जति पुरानो भए पनी अत्यधिक रिसेल भ्यालु आउने भएकोले फक्सवागन उत्कृठ छ’ उनले भने।

फक्सवागनको तर्फबाट नेपाली बजारमा सानो एसयुभी गाडीको रुपमा टि क्रस तथा ६ प्रकारक विभिन्न विद्युतीय गाडीहरु प्रवद्र्धन गर्न प्रारम्भिक गृहकार्य भईरहेको कार्यक्रममा जानकारी गराईयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij