२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वास्थ्यमा समस्या देखिएपछि आजै स्वदेश फर्कदैँ राष्ट्रपति

स्वास्थ्यमा समस्या देखिएपछि आजै स्वदेश फर्कदैँ राष्ट्रपति

1.3K
Shares

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि स्वदेश फर्किदैँछिन् । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेकी भण्डारी बुधबार स्वदेश फर्किन लागेकी हुन् ।
भण्डारी गत बुधबार चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन चीन गएकी थिइन् ।
साताव्यापी भ्रमणमा गएकी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण तालिकाभन्दा एक दिन अगाडि स्वदेश फर्किन लागकोे राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे स्वदेश आइपुग्नुहुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij