२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

ग्लोबल आइएमई बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

870
Shares

काठमाडौं– ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले अर्घाखाँचीको भुमिकास्थान नगरपालिका – १०, धनचौर, कास्कीको रुपा गाउँपालिका – ६, रुपाकोट, सुनसरीको कोशी गाउँपालिका – ३, जमुवा, लमजुङको राईनास नगरपालिका– ५, सातबिसे र सोही जिल्लाकै राईनास नगरपालिका– ६, धमिलिकुवामा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

पाँचै वटा शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij