काठमाडौँ– ओम डेभलपमेन्ट बैकले बुटवल स्थित मानव सेवा आश्रमलाई टेलिभिजन सहयोग गरेको छ । बुटवल शाखाको दोश्रो बार्षिकोत्सवका अवसरमा यस क्षेत्रकै अग्रणी आश्रमलाई सहयोगापेक्षीहरुले मनोरञ्जनात्मक र हासी खुशि जीवन यापन गर्न सकुन भन्ने उद्धेश्यले ५५ इञ्चको टेलिभिजन सहयोग गरेको हो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई करीब १ लाख बराबरको टिभी हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैकका क्षेत्रिय प्रबन्धक दुर्गाराम पुरी, शाखा प्रमुख अर्जुन ज्ञवालीको उपस्थिति पनि रहेको थियो ।
त्यस अवसरमा बोल्दै कार्यक्रममका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले निजी क्षेत्रको बैकले अनाथको सेवामा गरेको सहयोग सह्रानीय रहेको साथै अनाथको सहयोगका लागि बुटवल उद्योग वाणिज्य संघले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij