काठमाडौं -वरिष्ठ गीतकार श्रीपुरुष ढकालको शब्द, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत अनि गायक रवि थापा मगर र अन्जु पन्तको स्वरमा आज म तिमीलाई… गीतको भिडियो सार्वजनिक भएको छ । विशेषगरी माया प्रेमको गहिराइमा पुगेर रचना गरिएको संयोगान्त भावको एक अर्कामा समर्पित गीत हो । प्रेमी र प्रेमिका बिचको गहिरो प्रेम र विश्वास सहितको समर्पणलाई गीतको माध्यमबाट प्रस्तुत गरिएको छ ।
त्यसै गरि यसै गीतको भिडियोमा नायिका शिल्पा पोख्रेल र सनम कठायतले अभिनय गरेका छन् । मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेकोे गीतको म्युजिक भिडियोलाई हेमप्रभासले निर्देशन गरेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij