२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यूरोप भित्रिने नेपालीको रोजाईमा स्पेन

यूरोप भित्रिने नेपालीको रोजाईमा स्पेन

1.5K
Shares

स्पेन – नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ । आसपासका यूरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन सजिलो भएपछि स्पेन नेपालीको रोजाईमा पर्न थालेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा दीपेन्द्र गजुरेलरटीका बन्धनले लेखेका छन् ।

बेलायत, ग्रिस, पोल्यान्ड, माल्टा, टर्की लगायतका मुलुकबाट यहाँ भित्रिने नेपालीको सख्या हरेक वर्ष बढिरहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ । ‘यूरोपका अधिकांश देशबाट यहाँ आउने नेपालीको संख्या बढिरहेको छ, स्पेनस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले बताए ।
उनले भने–‘हामीसँग आधिकारिक तथ्यांक यकिन नभएपनि हरेक वर्ष यहाँ आउने नेपालीको संख्या बढिरहेको खवर नेपाली कम्युनिटीबाट बुझिरहेका छौ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij