२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाल्पामा जन्ती सवार जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

पाल्पामा जन्ती सवार जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

1.6K
Shares

पाल्पा- पाल्पाको निस्धी गाउँपालिका–७ मा जन्ती सवारी जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–७ का खडगबहादुर सोमै, देवलाल खनगाह, लालबहादुर सारु, सन्तबहादुर सारु र बुद्धिवल क्षेत्री छन् ।
भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जीप सोमबार अपरान्ह साढे ५ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ ।
घटनामा परेका एक जना भने सकशुल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij