काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’को औपचारिक घोषणा भएको छ ।
काठमाण्डौमा आज पत्रकार सम्मेलनमा चलचित्रको टिमले नायिकाको रुपमा केकी अधिकारीलाई अनुवन्धित गरेको जानकारी समेत दिएको छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् ।
दिपक शर्माको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन रहनेछ । चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फाइनल भएका छन् । अन्य कलाकार फाइनल हुन बाँकी रहेको
निर्माण युनिटले जनाएको छ ।
रोहित अधिकारी निर्माता रहेको चलचित्रमा दिपेन्द्र लामाको कथा, दिपकराज गिरीको पटकथा छ ।
चलचित्रको छायांकन जेठबाट सुरु हुनेछ भने दशैंमा चलचित्र रिलिज हुनेछ । यसपटक, चलचित्रको मुनाफाको आधा प्रतिशत दिपकराज गिरी र उनको टिमलाई दिने सहमती गर्दै रोहितले एकल लगानी गर्न लागेका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij