काठमाडौं – नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्युटविच आम सञ्चार अध्ययनका कार्यक्रमहरु सञ्चालन गर्ने सहमति भएको छ ।
उक्त सहमति पत्रमा नेपाल प्रेस इन्स्टिच्युटको तर्फबाट अध्यक्ष निलकण्ठ उप्रेति र विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माले हस्ताक्षर गरेका छन् । उक्त सहमति अनुसार आगामी असोज भित्र स्नातक र स्नातकोत्तर तहको पहिलो सेमेस्टर अध्ययन प्रारम्भ हुने भएको छ । अब स्नातक, स्नातकोत्तर हुँदै एमफिल र पिएचडिसम्म सञ्चालन गर्ने सहमति भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij