२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा नगरको कारुणिक कथा

टोखा नगरको कारुणिक कथा

1.2K
Shares

 

जनप्रतिधिनिबाट जनमतको चरम उपहास

काठमाडौं महानगरपलिकासगैं सिमा जोडिएको छ, टोखा नगरपालिका । पाँच वटा गाउँ विकास समितिलाई गाभेर सरकारले नगरपालिका बनाएपछि यहाँको जनतामा बेग्लै उत्साह थियो । पहिलो पटक नगरबासी भएका जनताले स्वच्छ, हराभरा र विकसित नगरको परिकल्पना गर्नु अस्वभाविक पनि थिएन । चुनावको बेला स्मार्ट सिटीदेखी ऐतिहासिक, पौराणिक शहर मात्र होइन कृषि र पर्यटनको केन्द्र बनाउने दावी उम्मेदवारहरुले गरे । जनताको सेवामा सर्मपित हुने बाचा र कसमहरु पनि खाए ।
तर निर्वाचन भएको करिब दुई वर्ष वित्न लाग्दा पनि नगरबासीले कुनै फरक अनुभुति गर्न पाएनन् । विहान विद्यालय निस्केका स–साना नानीहरु धुलोको मुस्लो छिचोल्दै पुग्छन् र आफ्नो कपडा टकटक्याउछन् । पानी पर्दा हिलाम्मे बनेर घर फर्कन्छन् । बाटोमा भएका खाल्डा र भ्याँङ छिचोल्दै बटुवाहरु गन्तब्य तिर लाग्छन् । दुई वर्षमा एउटा पनि सार्वजनिक शौचालय बनेका छैनन् । कतै पार्क र बाल उद्यानहरु सुरु गरिएका छैनन् । सडक झन जिर्ण र धराप बनिरहेका छन् । अस्तब्यस्त पार्किङ र अव्यस्थीत सडक पसलहरुले नगरबासी वाक्क दिक्क भएका छन् । प्रतिक्षालय, बाचनालय र सार्वजनिक इन्टरनेट कल्पना भन्दा बाहिरको विषय बनेको छ । बृक्षारोपण र हरियाली धेरै परका कुरा भए । ऐतिहासिक र पौराणिक धरोहरको संरक्षण प्राथामिकताको विषय हुने कुरै भएन ।

विहान विद्यालय निस्केका स–साना नानीहरु धुलोको मुस्लो छिचोल्दै पुग्छन् र आफ्नो कपडा टकटक्याउछन् । पानी पर्दा हिलाम्मे बनेर घर फर्कन्छन् । बाटोमा भएका खाल्डा र भ्याँङ छिचोल्दै बटुवाहरु गन्तब्य तिर लाग्छन् ।

जनताको मतबाट निर्वाचित जनप्रतिनिधिहरु मस्तसंग कुम्भकर्ण निन्द्रामा छन् । बरु नगरबासी भएका नाताले जनता कर र झन्झटिलो प्रक्रियाले आक्रान्त छन् ।
नगरपालिकाका पदाधिकारीहरुले दिनमै पाँच पटकसम्म बैठक बसेर लिएको भत्ता र अन्य आर्थिक अपचलनले गर्दा महालेखा परिक्षकको प्रतिवेदनमा करोडौ बेरुजु देखिएको छ । नगरपालिकाको प्रशासनिक नेतृत्व कार्यकारी अधिकृतलाई कार्यालयबाटै अख्तियारले गिरफ्तार गर्दा पनि जनप्रतिनिधिहरुले शिर उचो नै देखिन्छ । विकास र निर्माणमा चरम अनियकिता छ । जनप्रतिििनधिहरुले निर्वाचनका समयमा जारी गरेका घोषणा पत्र र अहिलको व्यवहारमा आकाशजमिन फरक छ । अस्तव्यस्त नगर देख्दा पनि जनप्रतिनिधिलाई कुनै लाज र ग्लानी भएको पाइदैन । जनताको विश्वास र मतको चरम दुरुपयोग र उपहास भएको सर्वोत्कृष्ट नमुना हेर्ने हो भने टोखा नगरपालिका गए छर्लङ्ग देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij