२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

संगीतकार बीजु बज्राचार्यको निधन

संगीतकार बीजु बज्राचार्यको निधन

1.2K
Shares

बुटवल– संगीतकार बीजु बज्राचार्यको निधन भएको छ । गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर बज्रजार्यको आईतवार ४८ बर्षको उमेरमा हृदयघातबाट निधन भएको हो । बज्राचार्यको राजधानीको सिभिल अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
काठमाडौं बबरमहलस्थित आफ्नो निवासबाट कतै जाने क्रममा मोटरसाईकल स्टाट गर्दा उनी त्यही ढलेका थिए । अचेत अवस्थामा रहेका उनलाई सिभिल अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेको उनकी धर्म दिदी तथा वामीटक्सारकी छिमेकी विष्णुकुमारी सापकोटाले जानकारी दिइन् । उनी नेपाली सांगीतिक क्षेत्रका चर्चित संगीतकार थिए ।

२०२८ सालमा जन्मिएका उनले २०४९ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उतीर्ण गरेका थिए । उनी वामीटक्सारका जुठप्रसाद वैद्यचार्यका छोरा हुन् । उनका श्रीमती र ३ छोराछोरी रहेका छन् । बज्राचार्य मुटु रोगबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij