२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता क्यापिटलको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त

जनता क्यापिटलको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त

1.5K
Shares

काठमाडौं- जनता बैंक नेपालको सहायक कम्पनी जनता क्यापिटलको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटलको अध्यक्षमा नियुक्त भउका हुन् ।

जनता क्यापिटलको अध्यक्षमा नियुक्त भएका शाक्यको विभिन्न बैक तथा वित्तीय संस्थामा दुई दशक भन्दा बढी लामो अनुभव रहेको छ ।

जनता बैंक नेपालको पूर्ण स्वामित्वमा स्थापित जनता क्यापिटल नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टेशन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवं नियमनकारी व्यवस्था बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्न इजाजत प्राप्त संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij