काठमाडौं-कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा रघुराम विष्ट नियुक्त भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्रीस्तर)को निर्णयबाट विष्ट सञ्चालक समिति सदस्यमा नियुक्त भएको बैंकले जानकारी दिएको छ । नवनियुक्त सञ्चालक सदस्य विष्टलाई बैंक सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले बैंकको केन्द्रीय कार्यालयमा बिहीबार पद तथा गोपनीयताको शपथग्रहणसमेत गराए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij