काठमाडौं – नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो ।
डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४।५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij