२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागढुंगाबाट लागुऔषधसहित एक पक्राउ

नागढुंगाबाट लागुऔषधसहित एक पक्राउ

780
Shares

काठमाडौं – महानगरी प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरी प्रहरी प्रभाग नागढुंगाका प्रहरी प्रमुख ज्ञानबहादुर खड्का नेतृत्वको टोलीले चन्द्रागिरी न.पा वडा नं. २ नागढुंगास्थित बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ८७६६ नम्बरको यात्रुबाहक बस चेकजाँचको क्रममा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कास्की पोखरा लेखनाथ उपमहानगरपालिका वडा नं. ९ नयाँबजार घर भएका १९ वर्षीय सफल गुरुङ रहेका छन्।

गुरुङको साथबाट डाइजेपाम २० एम्पल, फेनारगन २० एम्पल र नुफिन २० एम्पल फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij