काठमाडौं – महानगरीय प्रहरी वृत्त बौद्धले एक लाखभन्दा बढी रकमसहित ८ जुवाडे पक्राउ गरेको छ।
कागेश्वरी मनोहरा नगरपालिका– मुलपानी ९, तिवारी टोलका प्रेम तिवारीको घरबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नगद १ लाख १६ हजार ८ सय १५ सहित पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले बताए।
डिएसपी चन्दका अनुसार जुवातास खेलिरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका-७ बस्ने दोलखा घर भएका शम्भु शेर्पा लगायत ८ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij