२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मोडलको ‘क्याटवक’ गर्दा गर्दै मृत्यु

मोडलको ‘क्याटवक’ गर्दा गर्दै मृत्यु

2.3K
Shares

साओ पाउलो फेसन विकमा भाग लिएका एक बिरामी मोडलको क्याटवक गर्दै गर्दा लडेपछि मृत्यु भएको छ ।
आयोजक समितीले जारी गरेको एक वक्तव्यमा तेल्स सोअरेस फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला रनवेमा लडेको जानकारी दिइएको छ । वक्तव्य अनुसार क्याटवक गरिरहेका उनी लडेलगत्तै रनवेमा चिकित्सा टोली पुगेको थियो । उनलाई अस्पताल पुर्याइएको थियो जहाँ उनलाई डाक्टरले मृत घोषित गरे ।
डेली फोल्हा डे एस पाउलोका अनुसार सोअरेस आफूले लगाएको जुत्ताको तुनामा अल्झिएपछि लडेका थिए । पत्रिकाका अनुसार त्यहाँ उपस्थित मानिसहरुले यो प्रस्तुतीकै एउटा पाटो भएको ठाने । सोअरेस २६ वर्षका थिए ।
वक्तव्यमा थप विवरण दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij