२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आजबाट कक्षा १२ को परीक्षा सुरु

आजबाट कक्षा १२ को परीक्षा सुरु

1.3K
Shares

काठमाडौं – कक्षा १२ को वार्षिक परीक्षा आइतबारदेखि सुरु भएको छ । देशभर एकैसाथ बिहान ७ बजेदेखि परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागि रहेको बोर्डले जनाएको छ । परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।

यस्तै वैशाख २९ गतेबाट कक्षा ११ को परीक्षा सुरु हुनेछ । कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागि हुनेछन् ।

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij