२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालमा दुई महिनाभित्रै आउँदैछ पाइपलाइनबाट पेट्रोल

नेपालमा दुई महिनाभित्रै आउँदैछ पाइपलाइनबाट पेट्रोल

1.5K
Shares

काठमाडौं– इन्डियन आयल कर्पोरेसन (आईओसी) को सहयोगमा निर्माणाधीन मोतीहारी–अमलेखगन्ज पाइपलाइन दुई महिनाभित्रै सम्पन्न हुन लागेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
आईओसीको बिहार पाइपलाइन परियोजना हेर्ने महाप्रबन्धक एनके पण्डाका अनुसार १५ असारभित्रै पाइपलाइनबाट तेल ढुवानी हुनेछ ।
दक्षिण एसियाकै यो पहिलो अन्तर्देशीय पाइपलाइन ६९ किलोमिटर लामो हुनेछ । पाइपलाइनबाट इन्धन ल्याउन सुरु गरिएपछि वार्षिक २ अर्ब ढुवानी खर्च जोगिने निगमका पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij