२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीमतिलाई पतिले पछाडिबाट आगो लगाए

श्रीमतिलाई पतिले पछाडिबाट आगो लगाए

1.4K
Shares

सिराहा- सिराहा जिल्लाको कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई पतिले आगो लगाएर हत्या गर्ने कोशिस गरेका छन्।
उनका पति चेतन मण्डल अहिले फरार रहेको प्रहरीले जनाएको छ। बिहीबार बिहान भान्छामा काम गरिरहेकी कञ्चनलाई आगो लगाएर उनी फरार भएको अनुमान प्रहरीले गरेको छ।
उनलाई आगो लगाएर मार्ने कोशिश गरेको भन्दै प्रहरीले सासू सुर्जी खत्वेलाई पक्राउ गरेको छ। कञ्चनलाई भने उपचारका लागि पहिले विपी कोइराला मेमोरियल अस्पताल धरान र त्यसपछि काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको छ।
उनको पूरा शरीरको लगभग पहिलो पत्रको छाला जलेको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ ।
सासूलाई पक्राउ गरे पनि अहिलेसम्म उनले केही कुरा नखोलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij