बुधबारसम्मको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं – देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ।
भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरूप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्व र मध्य क्षेत्रको तुलनामा पश्चिमको मौसममा कम बदली देखिएको छ। साथै पोखरा आसपास क्षेत्रमा स्थानीय मौसम प्रणाली उत्पन्न भइ मेघगर्जनसहित हावाहुरीको सम्भावना देखिएको उनले बताइन्। नेपालको मौसममा मार्च, अप्रिल र मे महिनाभर प्रि–मनसुनको अवधि रहन्छ ।
मङ्गलबार र बुधबार पनि पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले प्रक्षेपण गरेको छ । पछिल्लो २४ घण्टाको मौसमी विवरणअनुसार काठमाडौंको अधिकतम् तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology