यामाहा महाएक्सचेन्ज मेला शुरु

काठमाडौं-नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै एक्सचेन्ज मेला शुरु गरेको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा वैशाख ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
मेलाको उद्घाटन मिस नेपाल, २०१८ श्रृंखला खतिवडा, इन्डिया यामाहा मोटर्सका भाइस प्रिसिडेन्ट सेल्स, मिस्टर ताकासी यामडा र यामाहा मोटर्स इन्डियाका चिफ मेनेजर हिमांशु शर्माले संयुक्त रुपमा गर्नु भएको थियो ।

यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकलको प्रचलित बजार मूल्यांकनभन्दा थप २५ हजार रुपैयाँ मूल्यांकन हुनेछ । साथै ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउनुहुनेछ । महाएक्सचेन्ज मेलामा सेलिब्रिटी वाक इन, फ्रि लाइसेन्स ट्रायल, टेस्ट राइड, राइड कम्पिटिसन, डोर प्राइज र फुडस्टल पनि हुनेछन् ।

मेलामा एक्सचेन्जका अलावा जुनसुकै ब्रान्डका मोटरसाइकलको फ्रि वास र फ्रि चेकअप पनि हुनेछ । महाएक्सचेन्ज मेला यामाहाको हालसम्मकै ठूलो मेला हुने एमएडब्लुको भनाइ छ ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology