२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालय यूकेमा

सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालय यूकेमा

1.3K
Shares

काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा यूकेमा पनि शुरु भएको छ ।
यूकेको रेडीङमा आइतबार कार्यालय उद्घाटन भएको हो । उक्त कार्यक्रममा युकेका लागी नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहेका थिए ।
साथै, एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्धनिर्देशक करमबहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यूके भर आफ्ना प्रतिनिधि मार्फतपनि दिने योजना बताएको छ । छिट्टै नै यूकेबाट नेपालमा मात्रै सीमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजनापनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij