२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकको साधारण सभा वैशाख २७ गते

सिभिल बैंकको साधारण सभा वैशाख २७ गते

865
Shares

काठमाडौं –सिभिल बैंकको १४ दशमलव ८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको वैशाख २७ गते सातौ र आठौ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले शेयरधनीहरुलाई अमृतभोग, कालिका स्थान डिल्लीबजारमा बोलाएको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट भने ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

साधारण सभामा वार्षिक प्रतिवेदनमा छलफलगरी पारित गर्ने, सर्वसाधाण र संस्थापक तर्फ तिन तिन जना गरी ६ जना सञ्चालक निर्वाचन गर्ने विषय रहेको छ ।

उक्त बोनस शेयरपश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ पुग्नेछ । सिभिलले साधारण सभा गर्न मंगलबार वैशाख १० देखि २७ गतेसम्म बुक क्लोज गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij