चितवन- चितवन रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् ।
रङ्गशाला निर्माण गर्दै गरेको सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घर लगायतका आवश्यक संरचना निर्माण भइसकेको छ । हालसम्म करीब रु ८० लाखको काम सम्पन्न भएको उनले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij