एजेन्सी- श्रीलंकाको राजधानी कोलोम्बोमा आइतबार दिउँसो फेरि बिस्फोट भएको छ। स्थानीय समयअनुसार बिहान पौने ९ बजे कोलोम्बो र आसपासका तीन वटा चर्च र तीन वटा होटलमा बिस्फोट भएको थियो। ती ६ वटा बिस्फोटमा परी मर्नेको संख्या १४० नाघेको छ। सैयौं मानिस घाइते भएका छन्।
बिहानको बिस्फोटको उद्धार र अनुसन्धान भइरहेका बेला दिउँसो दक्षिणी कोलोम्बोस्थित देहीवालाको एक होटलमा फेरि बिस्फोट भएको हो। उक्त बिस्फोटमा परी कम्तिमा २ जनाको ज्यान गएको बताइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij