धादिङ – पृथ्वी राजमार्गको धादिङस्थित सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भने २५ यात्रु घाइते भएका छन् ।
गोरखाको मनकामना मन्दिर दर्शनका लागि काठमाडौंबाट रिजर्भ गरी लगेको ना ४ ख १४१५ नम्बरको बस सडकबाट त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा परी दोलखाका हरिवंश केसी र पार्वती बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
यस्तै दुर्घटनामा ११ महिला र १४ पुरुष गरी २५ जना घाइते भएका छन् । उनीहरुमध्ये २१ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने बाँकी गम्भीर चार घाइतेलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij